
काठमाडौं । सरकारले अन्तराष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ (अप्रिल ३०) सम्म लम्ब्याएको छ । कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले १५ दिन समय थप गरी वैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय भएको हो ।
सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।
यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गरिएको थियो। आन्तरिक उडान भने वैशाख ३ सम्म स्थगित छन् । त्यसबारे थप निर्णय भएको छैन ।
कमेन्ट गर्नुहोस्
