
काठमाडौं । जापानमा टोकियोसहितका सात प्रान्तमा एक महिना आपतकाल घोषणा गरिएको छ । आज (मंगलबार) जापानी प्रधानमन्त्री सिन्जो आबेले बुधबारदेखि लागू हुने गरी उनले आपतकाल घोषणा गरेका हुन् ।
अहिले घोषणा गरिएको संकटकाल मे ६ सम्म जारी रहनेछ । सोमबार आबेले जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको कारण जापानमा आपतकाल घोषणा गर्न लागिएको बताएका थिए । मंगलबार आपतकालको घोषणा गर्दै आबेले आधारभूत आर्थिक गतिविधि भने यो क्रममा पनि जारी रहने बताएका छन् ।
जापानमा अहिलेसम्म चार हजार छ सयभन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् भने ९१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
कमेन्ट गर्नुहोस्
