बेलायती र जर्मनीका नागरिक लिन आज दुई चार्टर्ड जहाज नेपाल आउँदै

991
0
Share:

काठमाडौं । नेपालमा रहेका बेलायती नागरिकलाई लिन बेलायत सरकारले नेपालमा चार्टर्ड फ्लाइट पठाएको छ । दुई सय ६८ जना बेलायती नागरिक यात्रुु लैजानको लागिबेलायतले टाइटन एअरको जहाज चाटर्ड गरेर नेपाल पठाएको हो । जहाज बिहान सवा ११ बजे नेपाल आइपुग्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै जर्मन सरकारले पनि आफ्ना नागरिक लैजान कतार एअरवेजको जहाज चार्टर्ड गरेर नेपाल पठाएको छ । तीन सय तीन जना जर्मनी नागरिक लैजान कतार एअरवेजको जहाज सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: