महामारीमा अस्पताल नआउने पाँच चिकित्सक निष्काशित

Share:

बुुटबल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले मन्त्रालयले कोरोना महामारीको संकटमा पनि विनाजानकारी अस्पताल नजाने पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ ।

अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट बुधबार हटाइएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

सेवाबाट हटाइएकामा रेडियोलोजी विभागका डा. वरदान वली र डा. ताराप्रसाद शर्मा, नाक, कान, घाँटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागका डा. प्रकृति कार्की छन् । उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए । हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले सुत्केरी विदा, काज क्रिया विदा र विरामी विदा वाहेकका विदा स्वीकृत नगर्न र बिनाजानकारी सेवामा अनुपस्थित हुने चिकित्सक, कर्मचारीलाई कारवाही गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार नै अस्पतालबाट कारवाही गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: