
काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सिर्जना भएको विषम परिस्थितिका कारण आजदेखि सुरु हुने रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ ।
स्थगित भएको सो रथ निर्माणको काम लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर सुरु गरिने जनाइएको छ । मच्छिन्द्रनाथको स्नान भने विधिपूर्वक हिजो नै गरिएको थियो तर रथयात्रा गराउने वा नगराउने विषयमा अन्योलमा थियो ।
रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । बैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन रहेको छ ।
कमेन्ट गर्नुहोस्
