
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ की १४ वर्षीया एक किशोरीलाई आइसोलेसनमा भर्ना गरिएको छ । किशोरीलाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनकक्षमा बिहीबार भर्ना गरिएको हो ।
कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।
दुबईबाट आएका उनका भिनाजु एक हप्ता ससुरालीमा बसेको खुल्न आएको छ । अहिले किशोरीको स्वाब परीक्षणका लागि पोखरा पठाउने तयारी गरिएको छ ।
कमेन्ट गर्नुहोस्
