न्युजिल्याण्डमा कोरोनाको सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

Share:

काठमाडौं । न्युजिल्याण्डमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ ।

९० वर्षीया महिलाको क्रिस्टचर्चमा रहेको बुरवुड अस्पतालमा आज (शुक्रबार) मृत्यु भएको न्युजिल्याण्ड सरकारले जनाएको छ ।

यसअघि गएको मार्चको अन्त्यमा ७० वर्षीया एक महिलाको ज्यान गएको थियो । न्युजिल्याण्डमा अहिलेसम्म एक हजार दुई सयभन्दा धेरै सङ्क्रमित भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: