रौतहटका १९ वर्षीय युवकमा पनि कोरोना संक्रमण देखियो

Share:

काठमाडौं । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये कैलालीको सेती अञ्चल अस्पतालमा ५ जना, वीरगञ्जको नारायणी अस्पतालमा तीनजना, बागलुङको अस्पतालमा २ जना र काठमाडौंको अस्पतालमा २ जना रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको जनाइएको छ । यसअघि चीनबाट आएका एकजना भने निको भई घर फर्किसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: