एएफसीद्वारा मे र जुन महिनाको सम्पूर्ण फुटबल खेल स्थगित

Share:

काठमाडौं । एसियन फुटबल फेडेरेसन (एएफसी) ले आगामी मे र जुन महिनामा हुने भनिएको सम्पूर्ण अन्तर्राष्ट्रिय खेल र प्रतियोगिता स्थगित गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा मंगलबार बसेको एएफसीको बैठकले कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै मे र जुन महिनाको सम्पूर्ण फुटबल स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको सङ्क्रमणको क्रम नघटेपछि एएफसीले दोस्रो पटक आफ्ना प्रतियोगिताको मिती सारेको हो ।

यसअघि पनि मार्च र अप्रिल महिनामा हुने भनिएको सबै प्रतियोगिता एएफसीले सारेको थियो । जसका लागि एएफसीले दिल्ली, दोहा, दुबई र क्वालालम्पुरमा भिडियो कन्फ्रेन्समार्फत बैठक पनि गरेको थियो । जसका कारण नेपालमा हुने भनिएका चाइनिज ताइपेई र अष्ट्रेलिया बीचको खेल पनि स्थगित भएको थियो ।

कोरोनाकै कारण यस वर्ष आयोजना हुने युरोकप र ओलम्पिक खेलकुद एक वर्ष स्थगित गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: