तनहुँमा सेती नदीले बगाउदा एक महिलाको मृत्यु, १ घाइते

Share:

पोखरा ।  तनहुँमा सेती नदीले बगाउदा एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान ०९ः४५ बजे तनहुँ भिमाद–५ स्थित बाँदरकुनामा सेती नदी पार गर्ने क्रममा भिमादकी ३५ बर्षिय पञ्चमाया गुरुङको मृत्यु भएको हो । नदीले बगाउदा अर्का एक जना घाइते भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।

म्याग्दे गाउँपालिका तर्फ जंगलमा घाँस काट्न जान सेती नदी तरने क्रममा नदीले बगाएर घाइते भएकी पञ्चमायालाई उद्दार गरी सेती गंगा अस्पताल बेलचौतारा ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

नदीले बगाउदा घाइते भएका सोही स्थानका अन्दाजी ६०/६५ बर्षका खडकमान गुरुङको स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था भने मध्यम रहेको  बताइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: