तनहुँमा फेरी खोरमा पर्‍यो चितुवा

Share:

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा आज बिहान एक चितुवा फेला परेको छ । चितुवाबाट धेरै बालबालिकाको ज्यान गएपछि डिभिजन वन कार्यालयले काठको खोरमा पासो थापेको थियो ।

खोरमा परेको यो आठौँ चितुवा रहेको वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए। सोही क्षेत्रमा गत माघ १३ गते चितुवाको आक्रमणबाट सो गाउँका दश वर्षीय इशक सुनारको ज्यान गएको थियो ।

चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै सात घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: