गोरखाका युवकमा कोरोना संक्रमण देखिएन

Share:

काठमाडौं । र्‍यापिड टेस्टमा पोजेटिभ नतिजा देखिएको गोरखाका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना संक्रमण नभएको पुष्टि भएका हो ।

मंगलबार आरुघाट गाउँपालिकामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा आरुघाट गाउँपालिका ५ का ३१ वर्षका एक युवकमा एन्टीबडी पोजेटिभ देखिएको थियो । बहराइनबाट फर्किएका उनलाई गाउँमा क्वारेन्टाइनमा राखिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: