
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट अहिलेसम्म मृत्यु हुनेको संख्या विश्वमा एक लाख ४५ हजार ५ सय २१ पुगेको छ। संक्रमित संख्या २१ लाख ८२ हजार १९७ जना पुगेको छ। त्यस्तै अहिलेसम्म विश्वभर ५ लाख ४७ हजार २९५ जना निको भएका छन्।
कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा ३४ हजार ५ सय ८० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६ लाख ७७ हजार ५६ पुगिसकेको छ।इटालीमा मृत्यु हुनेको संख्या २२ हजार १७० पुगेको छ । संक्रमित संख्या १ लाख ६८ हजार ९४१ पुगेको छ । स्पेनमा एक लाख ८४ हजार ९४८ कुल संक्रमित भएका छन् भने १९ हजार ३१५ जनाको मृत्यु भएको छ । फ्रान्समा एक लाख ६५ हजार २७ कुल संक्रमित भएका छन् भने १७ हजार ९२० जनाको मृत्यु भएको छ ।
यस्तै बेलायतमा अहिलेसम्म एक लाख ३ हजार ९३ कुल संक्रमित भएका छन् भने १३ हजार ७२९ जनाको मृत्यु भएको छ । इरानमा ७७ हजार ९९५ कुल संक्रमित भएका छन् भने ४ हजार ८६९ जनाको मृत्यु भएको छ । चीनमा अहिलेसम्म ८२ हजार ३४१ कुल संक्रमित भएका छन् भने ३ हजार ३४२ जनाको मृत्यु भएको छ । त्यहाँ ७७ हजार ८९२ निको भएर फर्किएका छन् ।
