
काठमाडौं । नेपालमा कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार मात्रै एकजना ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
ती पुरुष शुक्रबार उदयपुरको भुल्के मस्जिदमा रहेका १२ जना संक्रमित समूहकै रहेका मन्त्रालयले जनाएको छ। उनी पनि भारतीय नागरिक भएको मन्त्रालयले जनाएको छ। उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसेका १२ भारतीयसहित १६ जना मुस्लिम समुदायका मानिसहरुमा कोशी अस्पतालमा परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भइसकेको छ।
अहिले सङ्क्रमितका नजिकका आफन्तको कन्ट्याक ट्रेसिङ पनि सुरु गरिएको छ । नेपाल अहिलेसम्म कोरोना संक्रमितमध्ये तीनजना निको भएर घर फर्किएका छन् भने २८ जना अझै अस्पतालमा उपचाररत छन्।
