नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या ४७ पुग्यो, निको हुनेको संख्या १०

Share:

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । उदयपुरका ५५ वर्षकी एक महिला र जनकपुरका १४ वर्षका किशोरमा सङ्क्रमण भएको पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४७ पुगेको छ । यस्तै उदयपुरमा भने कोरोना संक्रमितको संख्या २८ पुगेको छ।

यस्तै संक्रमितमध्ये नेपालमा अहिलेसम्म निको हुनेको संख्या १० पुगेको छ । पछिल्लो पटक दुईजना बिरामी आज (बिहीबार) डिस्चार्ज भएसँगै निको हुनेको संख्या १० पुगेको हो ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीया वृद्धाले कोरोनालाई जितेर घर फर्किएकी हुन् । यस्तै सुदूरपश्चिमकी कोरोना संक्रमित वृद्धा पनि कोरोनालाई जितेर घर फर्किएकी छन्। कैलालीको लम्की चुहा नगरपालिका–१ कि ६५ वर्षीय वृद्धा बिहीबार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

कमेन्ट गर्नुहोस्
Share: