
काठमाडौं । देशका विभिन्न ठाउँमा शुक्रबार (आज) हिजोअस्तिभन्दा धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीयसँगै पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज मध्य र पूर्वी क्षेत्रको मौसम खुल्ने सम्भावना छैन । अरु ठाउँको मौसम बिहान खुले पनि दिउँसोपछि चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने मौसमविदको अनुमान छ । आज पश्चिमको तुलनामा मध्य र पूर्वका धेरै ठाउँमा पानी पर्नेछ ।
यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहि मध्य र पूर्वी भू–भागका थोरै स्थानमा र पश्चिमि भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
कमेन्ट गर्नुहोस्
