तनहुँमा एक युवक मृत फेला

Share:

तनहुँ । तनहुँमा एक युवक मृतावस्थामा भेटिएका छन् । आज करिब साढे १२ बजे व्यास नगरपालिका–१ निर्मलबस्ती बस्ने वर्ष १५ को बिपिन श्रेष्ठ मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । मृतक श्रेष्ठ जन्म देखिनै हात खुट्टा नचल्ने शारिरिक रुपमा अपाङ्ग रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको बुबा कामको शिलशिलामा भारतमा रहेको र आमा यहि वैशाख १० गतेदेखि कसैलाई जानकारी नगराई घरबाट हिडेको बाताइएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: