
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४९ पुगेको छ। शुक्रबार झापाका ६२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४९ पुगेको हो ।
उनको स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो। ती बिरामी झापाको दमक नगरपालिका निवासी हुन्। उनलाई हाल आइसोलेशनमा राखेर उपचार थालिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितमध्ये १० जना निको भएर अस्पतालबाट ‘डिस्चार्ज’ भइसकेका छन् ।
कमेन्ट गर्नुहोस्
