परिवार दलद्वारा १०० कुइन्टल चामल सहयोग गर्ने

382
0
Share:

काठमाडौं । नेपाल परिवार दलले कोभिड १९ को महामारीमा राहतस्वरूप १०० कुइन्टल चामल सहयोग गर्ने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोरना भाईरस महामारीको कारण सृजित लामो लकडाउनले पिडित बनेका अतिबिपन्न नेपाली समुदायभोकै बस्न नपरोस भनेर खाद्यान्न सहयोग गर्ने निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालले बताए ।

उक्त राहत स्थानीय निकाय तथा सुरक्षाकर्मीहरु सँगको समन्वयमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार वितरणको व्यवस्था मिलाउन परिवार दलले जिल्ला कार्य समितिलाई जिम्मेवारी दिएको छ । बैठकले महामारीको कारण सामाजिक अस्थिरता , बेरोजगार र हिंसा बढ्न सक्ने खतरा प्रति सरकारलाई सचेत गराउदै तुरुन्त कोभिड १९ पिडितहरुको लागि राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ । बैठकले केहि समय अघि तत्कालिन नेपाल संघिय समाजबादी पार्टी परित्याग गरी नेपाल परिवार दलमा प्रवेश गरेका अनिल भण्डारी काठमाडौँ र श्रीमति बुद्धिमाया पुन रुपन्देहीलाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनयन गरेको छ ।

बैठकले कोभिड १९ संग लड्दै गर्दा र कोभिड १९ पश्चातको समेत परिस्थितिलाई ध्यानमा राखी नेपाल परिवार दलले प्रशिक्षण, सदस्यता वितरण तथा नवीकरण, चन्दादान र सहयोग, सूचना, बैठक, सार्बजनिक सुनुवाई आदि अनलाइन प्रणालीद्वारा गर्ने प्रबिधि विकास गर्न “सूचना प्रबिधि विभाग“ गठन गर्ने निर्णय गरेको छ ।

बैठकले राजनैतिक दलले आफ्नो औचित्यको पुष्टी चुनौती र संकटको घडीमा नै गर्नु पर्ने हुन्छ भन्दै बैठकले महामारीमा नेपाल परिवार दलका सबै तह र तप्काका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुलाई कोरोनाभाइरस बिरुद्धको लडाईमा अग्रपन्तिमा उत्रिन आग्रह गरेको छ । बैठकले देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपाली नागरिकमा सामजिक एकता, सहयोग, प्रेम, सदभाव र भाइचाराको भावना फैलाउँदै सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका खातिर चलेका सबै कदमहरुलाई सहयोग गर्न अपिल गरेको छ ।

सरकारले अध्यादेश फिर्ता गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिएको छ । बैठकले एक्काइसौं शताब्दीको आधुनिक राज्य उदार वादी, लोकतान्त्रिक र कल्याणकारी चरित्रको हुनु पर्छ भन्दै राज्यले स्वास्थ्य र शिक्षाको पूर्ण जिम्मेवारी लिनुपर्ने बताएको छ । बैठकले संकीर्ण राष्ट्रवाद, पृथकतावाद वा स्वार्थीपन बाट माथि उठी नयाँ भूमण्डलीकरण, सहकार्य, मानवीयता र परोपकारिताका साथ साझालक्ष्य फेलापार्न तयारीमा लाग्नुपर्ने बेला आइसकेको जिकिर गरेको छ । नयाँ राजनीतिक, आर्थिक तथा सामाजिक प्रणाली सहितको “नयाँ विश्व व्यवस्था“ को स्थापना अपरिहार्य भएकोले सरकारले यिनै तथ्यहरुलाई विश्लेषण गरी आफ्नो आगामी यात्रा तय गर्न पनि निर्णय गरेको छ ।

बैठकले केही समय अघि सयुक्त राज्य अमेरिका र बिद्रोही तालिवान बीच भएको ससर्त शान्ति सम्झौता तथा संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले कोभिड १९ को बिरुद्धमा प्रभाबकारी तरिकाले लड्नको लागि मार्च २३ मा विश्वभर युद्ध लडिरहेका सबैसँग युद्धविरामको लागि गर्नु भएको प्रस्तावलाई समेत स्वागत गरेको छ । यस अघि नेपाल परिवार दलले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा संचारकर्मीहरुको लागि हजारौं थान मास्क वितरण गरि सकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: