लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै

Share:

काठमाडौं । जारी लकडाउनका बारेमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज (आइतबार ) बस्दै छ। प्रधानमन्त्री निवासमा आज बस्ने बैठकले लकडाउनको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको थियो । बैठकले चैत ११ यता जारी लकडाउनलाई एकसाता लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियो ।

सरकारले स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्व्याउने तयारी गरेको छ। यसअघि लकडाउन तीन पटकसम्म थपिसकेको छ।

हवाई उडानको रोक जेठ २ गतेसम्म लम्बियो

सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्तरिक र बाह्य उडानमा लगाइएको रोक जेठ २ गते (मे १५)सम्म बढाउने निर्णय गरेको हो ।

यसअघि वैशाख १८ गतेसम्म उडान बन्द गर्ने निर्णय भएकोमा त्यसलाई १५ दिन बढाइएको हो ।

कमेन्ट गर्नुहोस्
Share: