लेखनाथ उद्योग वाणिज्यले खुवायो विपन्न परिवारलाई खाना

Share:

लेखनाथ । विश्व व्यापी रुपमा फौलिएको कोभिड—१९ को प्रकोपको मारमा परेका अति विपन्न परिवारको जिवन रक्षामा सहयोग पुग्ने गरि लेखनाथ उद्योग बाणिज्य संघले अगाडी सारेको खाना खुवाउने कार्यक्रम अन्तरगत आईतवारसम्ममा ११ हजार सात सय ८५ छाक खाना खुवाएको छ ।

संघले पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्मका अति विपिन्न परिवारका लागि दैनिक रुपमा विहान र वेलुकाको खाना खुवाउने कार्यक्रम गत बैसाख ९ गते देखि संचालन गरेको थियो ।

खानाको प्याकेट तयार पारी घर घरमा पु¥याउने अभियान अन्तरगत बैशाख ९ गते एक सय ४०छाक ,१० गते एक हजार तिन सय ३६,११ गते दुई हजार एक सय तीन, १२ गते दुई हजार ८८,१३ गते चार हजार एक सय ९६ र १४ गते विहिन एक हजार नौ सय २२ छाक खाना खुवाएर अहिलेसम्म ११ हजार सात सय ८५ छाक खाना खुवाएको संघकी कार्यालय प्रमुख पवित्रा श्रेष्ठले जानकारी दिएकी छन् ।

कोरना भाईरसका कारण दैनिक मजदुरी गरेर जिविका निर्वाह गर्दै आएका अति विपन्न परिवारको हक हितका सवालमा संघ सम्वेदनसिल भएर वडा र सम्वन्धित टोलको सिफारीसमा वैशाख ९ गते देखि १५ गतेसम्म विहान बेलुकाको खाना खुवाउने अभियान संचालन गरेको संघका अध्यक्ष वलराम ढकालले जनाकारी दिएका छन् ।

विश्व व्यापी रुपमा फौलिएको कोभिड—१९ को प्रकोपलाई नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लगाएको लकडाउनका कारण घरमा चुलै नवल्ने अवस्थामा पुगेका अति विपिन्न परिवारको समस्यालाई मध्यनजर राख्दै संघले पोखरा २६ को नमस्ते पाटी प्यालेसमा खाना पकाएर संघका पदाधिकारीहरुको सवारी साधान प्रयोग गरि विभिन्न वडाका केन्द्रहरुमा नै खाना पु¥याने ब्यवस्था मिलाएको संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको भनाई रहेको छ ।

बिभिन्न सामाजिक संघ सस्था,स्थानिय टोल विकास सस्था,बजार ब्यवस्थापन समिति तथा आमा समुहको सहयोगमा तयार गरेको खाना प्याकीङ गरेर विहान ९ वजे र बेलुका ६ वजे पायक पर्ने ठाउमा खाना बितरण गर्दै आएको संघका महासचिव गोपिचन्द्र वास्तोलालले जानकारी दिएका छन् ।

यसैविच तयार गरिएको खाना वडा नं २८ को कालीकासम्म पु¥याउन अब्ठारो भएकाले वडा नं २८ का लागि राहत सामाग्री नै वितरण गरिएको हो भने वडा नं ३२ को भौगोलिक अवस्थालाई मध्यनजर राखेर राजाकोचौतारमा चार सय सात,खुदीखोलामा तिन सय ७० र गाईनेटोलमा ७८ घर परिवारका लागि दैनिक रुपमा तयारी खाना खुवाउदै आएको संघका द्धितिय उपाध्यक्ष विनोद श्रेष्ठले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: