
काठमाडौं । झापामा कोरोना (कोभिड–१९) का अर्का एक बिरामी फेला परेका छन्। योसँगै झापामा कोरोनाका बिरामीको संख्या दुई पुगेको छ भने नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ ।
बिराटनगरस्थित कोशी अन्चल अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले विज्ञप्तीमार्फत जनाएका छन्। कोरोनाका नयाँ बिरामी झापाको राजगढ निवासी हुन्।
उनी मुस्लिम धर्मावलम्बीको जमाती समुदायका हुन्। उनको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।
यस्तै नोपलमा कोरोना संक्रमित मध्ये आज (आइतबार) थप चार जना निको भई घर फर्किएका छन् । योसँगै उपचारपछि निको भई घर फर्किनेको संख्या १६ पुगेको छ ।
नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा उपचाररत चारजना उपचारपछि निको भई डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

