
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमानाका वैशाख ३१ गतेसम्मलाई बन्दै राख्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले लक डाउनको १० दिन थपेसँगै सीमानाका बन्दलाई पनि निरन्तरता दिएको हो।
बाह्य जगतबाट कोरोनाको जोखिम अझै रहेकाले सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
बैठकले इपिएस अन्तरर्गत कोरिया जाने श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजाने अनुमति दिने निर्णय पनि गरेको छ।
कमेन्ट गर्नुहोस्
