राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता

Share:

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । सोमबार साँझ भएको टेलिफोन संवादमा हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ।

सो अवसरमा राष्ट्रपति भण्डारीले स्वास्थ्य र चिकित्सा संस्थालाई सहयोग अभिवृद्धि गर्न आग्रह गरेकी थिइन् । साथै चीनले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि चालेका सुदृढ कदम र विश्वका अन्य देशलाई यसविरुद्धको लडाइँमा गरेको सहयोगको प्रशंसा गरेको मन्त्रलायले जनाएको छ।

यस्तै चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा कोरोनाको संक्रमणको अवस्थाबारे चीन जानकार रहेको र प्रकोपविरूद्धकोे लडाइँलाई नेपाललाई निरन्तर समर्थन गर्ने प्रतिवद्धता जनाएका थिए ।

सीले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि पुनः आफ्नो काममा फर्किएको खुशी व्यक्त गर्दै उनको सुस्वास्थ्य र सुखको पनि कामना समेत गरेको मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: