चेपाङ परिवारलाई घलेद्वारा खाद्यन्न सहयोग

Share:

गोरखा । गण्डकी गाउँपालिका वडा नं १ मकैसिं स्थित स्यामतेस र पाङखोलामा रहेका ३० घरधुरीचेपाङ परिवारलाई अष्ट्रेलियामा रहेका जोन घलेको सहयोगमाखाद्यन्न सहयोग भएको छ ।

माछा खोलामानिर्माणाधिन विकास हाइड्रो पावर कम्पनीका सञ्चालक समेत रहेका घलेले यस अघि उत्तरी गोरखामा रहेका समस्यामा परेका परिवारलाई समेत सहयोग प्रदानगर्दै आइरहेका छन् ।

आज एक कार्यक्रमकावीच २० बोरा चामल, नुन, तेल गण्डकी गाउँपालिका वडा नंं. १ का सदस्यमीनबहादुर सुनारलगायतको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । दैनिकज्यालादारीहरुको समस्यामा स्थानीय सरकार हनुमान समान रहेपछि पीडित परिवारलाई मनकारीहरुले सहयोग गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: