
काठमाडौं । कोरोना (कोभिड–१९)बाट विश्वभरमा मृतक संख्या २ लाख २८ हजार नाघेको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख २८ हजार २ सय १५ पुगेको छ । यस्तै संक्रमितको संख्या ३२ लाख नाघेको छ। विश्वमा ३२ लाख २० हजार १ सय ४८ जनामा संक्रमित छन् भने १० लाख ३ सय ३ जना निको भएर घर फर्किएका छन्।
कोरोनाका कारण अमेरिकामा सबैभन्दा धेरै ६१ हजार भन्दा धेरैको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म १० लाख ६३ हजार पाँच सय ५१ जना संक्रमित भेटिएका छन्। अमेरिका पछि सबैभन्दा धेरै इटालीमा २७ हनार ६ सय ८२ जनाको मृत्यु भएको छ। त्यहाँ २ लाख ३ हार ५ सय ५१ जना संक्रमित रहेका छन्। बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ । त्यहाँ १ लाख ६५ हजार २ सय २१ जना संक्रमित छन्। स्पेनमा २४ हजार २ सय ७५ जनाको मृत्यु भएको छ।
यस्तै छिमेकी देश भारतमा त्यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ७९ पुगेको छ । त्यहाँ ३३ हजार ६२ जना संक्रमित छन् भने ८ हजार ४ सय ३७ जना निको भएका छन्।
