भारतीय क्वारेन्टाइनमा रहेका १८ सय भन्दा धेरै नेपालीलाई आज स्वदेश ल्याइँदै

Share:

काठमाडौं । भारतीय क्वारेन्टाइनमा बस्दै आएका १८ सय जना भन्दा धेरै नेपालीहरुलाई आज स्वदेश ल्याइँदै छ। भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइमा बसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन लागिएको हो।

झुलाघाट नाकाबाट ८३७ र धार्चुला नाकाबाट १ हजार ६१ जना मानिस आज स्वदेश फर्कने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

मजदुरहरुलाई स्वदेश ल्याउँदा सीमामा ज्वरो मापनलगायतका स्वाथ्य परीक्षण गरिने र त्यसपछि उनीहरुलाई क्वारेन्टाइनमा बस्नका लागि पठाइने पौडेलले बताए। उनिहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखी यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: