तनहुँमा पौडी खेल्ने क्रममा एक बेपत्ता

Share:

तनहुँ । तनहुँ देबघाट गाउँपालिका–५ चामे ढुङगास्थित त्रीशुली नदिमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् ।

आइतबार विहान करिब १०ः३० बजे स्थानिय देउ बहादुर गुरुङ पौडी खेल्ने क्रममा बेपत्ता भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बेपत्ता भएका गुरुङको अहिले खोजिकार्य भईरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: