सांसद बिद्या भट्टराईद्वारा पोखराको कोरोना कोषमा पचास हजार सहयोग

Share:

पोखरा । पोखरा महानगरको प्रकोप ब्यबस्थापन कोषमा प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईले ५० हजार सहयोग गरेकी छन् । दिवङ्गत नेता रबिन्द् अधिकारीको ५१ औं जन्मजयन्तीको अबसरमा भट्टराईले पोखरा महानगर पालिकाका मेयर मान बहादुर जि सि लाई सो सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

भट्टराईले कोरोना नियन्त्रण र रोकथामको लागि आफुले सहयोग गरेको भन्दै सो को लागि तीन तहका सरकारहरु समन्वय गर्दै अझै उच्च स्तरले लाग्नु जरुरी भएको बताइन् । उनले नियन्त्रणमा सरकारले अघि सारेका कार्यक्रमहरुलाई साथ दिन आम कास्की बासी जनसमुदायलाई आग्रह समेत गरिन् ।

रबिन्द्र प्रतिष्ठानद्वारा स्यानिटाइजर टनेल सहयोग

यसै गरि रबिन्द्र अधिकारीको ५१ औं जन्मजयन्तीको अवसरमा रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा १७ छोरेपाटनमा स्यानिटाइजर टनेल स्थापना गरेको छ ।

सो टनेल सोमबार सामाजिक दुरि कायम गर्दै आयोजना गरिएको बिशेष कार्यक्रममा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: