
म्याग्दी । म्याग्दीमा थप २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। योसँगै वैशाख महिनामै म्याग्दीमा डेंगु संक्रमितको संख्या ९ पुगेको छ।
बेनी नगरपालिका ५ भीरमुनि र बेनी नगरपालिका ६ छापाका दुई युवामा डेंगु पोजेटिभ देखिएको हो ।
गतहप्ता समेत भीरमुनि र छापामा दुई जनामा डेंगु देखिएको थियो।
योसँगै बेनी नगरपालिकामा ६, मंगलामा २ र मालिका गाउँपालिकामा १ जनामा डेंगुका बिरामी भेटिएका छन्। आज भेटिएका दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।
कमेन्ट गर्नुहोस्
