तमु धिं नेपालले पोखरा महानगर विपद व्यवस्थापन कोषमा १ लाख १ हजार सहयोग

Share:

पोखरा । तमु धिं नेपालले पोखरा महानगपालिकालाई १ लाख १ हजार सहयोग गरेको छ। प्राणघातक कोभिड १९ कोरोना भाइरसले मुलुक डेढ महिना अघिदेखि लकडाउन भइरहेको अवस्थामा तमु धिं नेपालले पोखरा महानगरपालिकाको विषद व्यवस्थापन कोषमा शनिवार सहयोग हस्तान्तरण गरेको हो।

पोखरा महानगरपालिकाको बैठक संचालन भईरहेको अवस्थामा पोखरा सभागृहमा तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वको तमु धिं नेपालको टोलीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई पोखरा महानगरपालिकालाई कोरोना भाइरसरहित क्षेत्र बनाउन सहयोग स्वरुप चेक हस्तान्तरण गरिएको हो।

चेक ग्रहण गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कोरोनाले विश्व नै माहामारीमा परेको बेला तमु धिं नेपालले समस्यामा साथ सहयोगका लागि पोखरा महानगर कार्यपालिकाका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। संकट समस्यामा साथ महत्वपुर्ण हो, सहयोग कति भन्ने ठुलो होइन भन्नुहुदै तमु धिं नेपालले १ लाख १ हजार सहयोग गरेकोमा पुनः धन्यवाद व्यक्त गरे ।

भेटमा महानगरका उपमेयर मञ्जुदेवी गुरुङले महानगरले हालको समस्यामा परेका महानगरबासीका समस्या समाधान गर्न जुटिरहेको र केही समस्या भए महानगरको हटलाईन ११८१ र ११८६ मा सम्पर्क गर्न अनुरोध गरे । महानगरले चैत्र महिना यता ४२ दिनभित्रका सुत्केरी भएका आमाहरुलाई पोषणयुक्त राहत र नगद ५ सय रुपैया वितरण गर्दै आएको उनले बताए ।

तमु धिं नेपालमा कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले कोरोनाको कहरमा स्थानिय सरकार पोखरा महानगरपालिकालाई संस्थागत सामाजिक उत्तरदायित्व महसुस गर्दै थोरै भए पनि सहयोग गरेको बताए । आफै मागेर सञ्चालन हुने सामाजिक संस्थाले मुलुक संकटमा पर्दा सक्दो सहयोग गर्नुपर्दछ र अझै पनि महानगर, वडाहरुलाई आवाश्यक परे भन्नुस तमु धिं नेपाल र ४८ क्षेत्रीय समाजहरु सहयोग गर्न तयार रहेको उनको भनाई थियो।

यस अघि तमु धिं नेपाल र क्षेत्रीय तमु समाजहरुको तर्फबाट गण्डकी प्रदेश सरकारलाई कोरोना भाइरस नियन्त्रण र उपचारकोषमा ५ लाख रुपैया सहयोग हस्तान्तरण गरिसकेको छ भने क्षेत्रीय तमु समाजहरुले आफ्नो समाज भित्र र क्षेत्रमा समस्यामा परेकाहरुलाई राहत वितरणका साथ सहयोग गर्दै आईरहेको छ । यसरी नै तमु धिं नेपालले क्वारेण्टाइनका लागि आवाश्यकता भए प्रदेश सरकारलाई तमु धिं नेपाल र क्षेत्रीय समाज भवनहरु उपलब्ध गर्ने निर्णय नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: