कोरोनाबाट विश्वभर संक्रमित संख्या ४१ लाख ८० हजार नाघ्यो, २ लाख ८३ हजार बढीको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ४१ लाख ८० हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वभर ४१ लाख ८० हजार ३०५ संक्रमित छन् । यस्तै विश्वभर २ लाख ८३ हजार बढीको मृत्यु भएको छ । अहिलेसम्म २ लाख ८३ हजार ८६० को मृत्यु भइसकेको छ भने १४ लाख ९२ हजार ५२ जना निको भएका छन्।

अमेरिकामा मृत्यु हुनेको संख्या ८० हजार ७ सय ८७ पुगेको छ भने १२ लाख ६७ हजार संक्रमित छन्। स्पेनमा २ लाख ६४ हजारमा संक्रमण देखिएको छ भने ४६ हजार ६ सय २१ संक्रमित छन्। त्यहाँ २६ हजार ६ सय २१ जनाको मृत्यु भइसकेको छ। बेलायतमा २ लाख १९ हजार बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ ।

यस्तै इटालीमा ३० हजार ५ सय ६० को मृत्यु भएको छ त्यहाँ २ लाख १९ हजारमा संक्रमण देखिएको छ। फ्रान्समा करिब १ लाख ७७ हजार संक्रमित मध्ये मृत्यु हुनेको संख्या २६ हजार ३ सय नाघेको छ ।

यता चीनमा ८२ हजार ९ सय संक्रमित छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । यस्तै भारतमा ६७ हजार १ सय बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: