
पोखरा । कोरना भाईरसले निम्त्याएको लकडाउनका कारण उद्योग व्यवसायीहरुको क्षेत्रमा पु-याएको समस्या प्रति सचेत हुँदै लेखनाथ उद्योग बाणिज्य संघले आवाज उठाइरहेकोे छ । संघले सोमवार विभिन्न उप समितिका संयोजक तथा सह संयोजकहरुका विच छलफल गरि व्यवसायीहरुको हक हितका सवालमा समस्याको निराकरण गरि सम्वन्धित निकायमा आवाज पु-याउन छलफल गरिएको हो ।
व्यवसायीहरुका समस्या प्रति संघले खेलेकोे भुमिका र कोभिद भाईरसका कारणले आगामी दिनमा पर्ने समस्याका बारेमा जानकार हुुन सुझाव दिदै व्यवसायले भोग्नु परेका समस्याका बारेमा सम्वन्धित निकायमा ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिईएको थियो । कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले लकडाउनको समयमा व्यवसायीहरुले भोग्नु परेका समस्या प्रति संघ जिम्मेवारी भएर अगाडी बढेको र आगामी दिनमा पनि संघ सहकार्य गरेर आगाडी बढ्न तयार रहेको बताएका थिए ।
सोही अवसरमा संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र महासचिव गोपिचन्द्र वास्तोलाले कोभिद भाईरसका कारण देशमा सुजित अवस्थालाई मध्यनजर राखी सरकारले दिर्घकालिन समस्याको समाधानका उपायहरुलाई अगाडी वढाउनु पर्ने सुझाव राखेका थिए । यसै बिच संघले आफना सल्लाहकार र पदाधिकारीहरु बिच छलफल गरि आफ्नै व्यवसायी सदस्यका समस्या प्रति सचेत हुदै नेपाल सरकारसँग आवाज पु-याउनु पर्ने सुझाव राखिएको थियो भने कृषिमा आधारित उत्पादन र स्वदेशी वस्तु प्रयोग गर्ने उद्योगलाई प्रत्साहन गर्दै स्वदेशी उत्पादन र प्रयोगलाई विशेष प्रवद्र्धनमा लविङ गर्नु पर्ने जोड दिईएको थियो ।
