
पोखरा । बाग्लुङको गलकोट, हटियाबाट पर्सा गएका ४२ जना कामदार मध्ये १४ जनामा कोरोना देखिएको छ ।
पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेकामध्ये १४ जनामा कोरोना संक्रमण पाइएको छ । लोकान्तर डटकमका पत्रकार अजय अनुरागीका समाचार अनुसार संक्रमित १४ जनाको समूह १७ दिनअघि वैशाख १३ गते बस चढ़ेर बाग्लुङबाट पोखरा हुँदै त्यहाँ पुगेका थिए ।
बसमा ४२ जना थिए । संक्रमितहरू बाग्लुङमा काम गर्दै आएका मजदुर हुन् । संक्रमितमध्ये १ जना भारतीय नागरिक रहेको, २ जना पर्सा जिल्लाकै धोबिनी गाउँपालिकाका र बाँकी ११ जना छिपहरमाई गाउँपालिकाका हुन् ।
बाग्लुङबाट बस चढेर आएका ४२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बेलामा नै एक जनामा उच्च ज्वरो देखिएको थियो त्यहाँका प्रमुख जिल्ला अधिकारीले आइसोलेसनमा राख्ने व्यवस्था नगर्दा क्वारेन्टाइनमै सबै बस्नुपरेको थियो । त्यसकारण पनि १४ जनामा संक्रमण हुन पुगेको आशंका गरिएको छ ।
