
कास्की । रुपा गाउँपालिकाले स्थापना गरेको राहत कोषमा वडा नम्बर ५ घिमिरेगाउँ स्थित हातेमालो आमा समुहले १५ हजार सहयोग गरेको छ ।
आमा समूह अध्यक्ष हरिमाया घिमिरेले गाउँपालिका अध्यक्ष नवराज ओझा, वडा अध्यक्ष टेक बहादुर गुरुङलाई रकम हस्तान्तरण गरेकी हुन् ।
सहयोग रकम हस्तान्तरण पछि गाउँपालिका अध्यक्ष नवराज ओझाले सकेसम्म गाउँबासीलाई दुःख नदिनका लागि जनप्रतिनिधिले सकेसम्मका पहल गरिरहेको बताए ।
राहतकोषमा जनता र संस्थाको पनि भुमिका रहोस् भन्ने साथ ५० लाख बराबरको पैसा जम्मा गर्ने लक्ष्य राखेकोमा गाउँपालिकाको २५ लाख बाहेक हालसम्म ३० लाख भन्दा बढी जम्मा भैसकेको अध्यक्ष ओझाले बताए।
गाउँपालिकाले लकडाउन पश्चात् हालसम्म २ सय भन्दा बढी बिरामीलाई उपचारका लागी निशुल्क एम्बुलेन्स सेवा मार्फत पोखरा पुर्याएको छ । भने ८ सय भन्दा बढी बिरामीलाई नियमित औषधि सेवन गर्नेलाई घरमै औषधि उपलव्ध गराएको छ ।
वडा अध्यक्ष टेक बहादुर गुरुङले सामाजिक दुरीलाई कायम राख्न समेत आग्रह गरे।
हातेमालो आमा समुहकी अध्यक्ष हरिमाया घिमिरेले गाउँपालिकाका सबै आमा समुहलाई सक्दो सहयोग गर्नका लागि आग्रह गरेकी थिइन् ।
