पोखराका दृष्टिबिहीनहरु खाद्यान्न संकटको मारमा

Share:

पोखरा । पोखराका बिभिन्न वडाहरुमा वसोबास गर्दै आएका १५ जना दृष्टिबिहिनहरुलाई राहात वितरण गरिएको छ। नेत्रहीन युवासंघ नेपाल कास्की शाखाका अध्यक्ष सुर्य प्रसाद भट्टराईको समन्वयमा राहात वितरण गरिएको हो ।

राहात पाउने दृष्टिबिहीनहरु मध्य २ जना दोहोरी साझमा २ जना मसाज सेन्टरमा र अन्य पोखराका बजारहरुमा धुप र फलफुल बेचेर आफ्नो दैनिकी चलाउदै आएका थिए।

राहात वितरणको उक्त अवसरमा बोल्दै युवा संघका अध्यक्ष भट्टराईले सानो प्रयास गरेको बताए । हाल देसभर चलिरहेको लकडाउनको करण उनिहरुको नियमित आयश्रोत बन्द भएको भन्दै आफ्नो थोरै कमाईबाट जिवन गुजारा गरिरहेकाहरु हाल खाद्यान्न सङ्कट झेलिरहेको बताए ।

“कोरना संक्रमणको अवस्था हेर्दा लक्डाउन अझै लम्विने देखिन्छ, लक्डाउन अझ १ महिना मात्र लम्बियो र राहात पाउने अवस्था रहेन भने उहाँहरु भोकभोकै रहने परिस्थिती बन्न सक्छ।” उनले भने “बैशाख २० गते सन्जिवनि महिला समुह सँग सन्वय गरेर १७ जना दृष्टिबिहीनहरुलाई राहात दिएका थियौ। पहिले दिएकाहरुले फोन गरेर फेरी समस्या भएको सुनाउन थालिसक्नु भएको छ। तर राहात दिने मनकारी मनहरु पाउन सकेको छैन।”

आफू सँग मौजदात रहेको केही रकमले ३ जना जतिलाई थोरै पुग्ने स्थिति भए पनि राहात चाहीनेहरुको संख्या बढ्दो भएका कारण व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाई छ ।

उक्त राहात वितरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रबिन्द्र बहादुर प्रजुको उपस्थितिमा भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: