आउँदो आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

521
0
Share:

काठमाडौँ । आउँदो आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा आज दिउँसो साढे ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कोरोना संक्रमणको महामारीबीच आउन लागेको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, शिक्षा, कृषि, रोजगारी र अर्थतन्त्र पुनरुत्थानमा जोड दिइएकोे मन्त्रालयले जनाएको छ ।

यही नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने छ ।

कमेन्ट गर्नुहोस्
Share: