स्याङ्जामा एक व्यक्ति मृत फेला

Share:

स्याङजा । स्याङ्जामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पुतलीबजार नगरपालिका–११ बेलबासका ३३ बर्षीय ईश्वर जि.टी. आज (शुक्रबार) मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आज बिहान ८ बजे पुतलीबजार नगरपालिका–१३ झापाकोट स्थित दरौ खोलाको किनारमा जि.टी. को शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: