पोखरा रंगशालाका कामदारलाई गल्फर मेजर लक्ष्मीप्रसाद गुरुङको झोलभात

Share:

पोखरा । गल्फर, वरिष्ठ समाजसेवी, पुर्व गोर्खा सैनिक मेजर लक्ष्मीप्रसाद गुरुङ र धर्म पत्नी हुमकुमारी गुरुङले पोखरा रंगशाला निर्माणमा कार्यरत कामदारहरुलाई आज शुक्रबार झोलभात खुलाउएका छन् । स्याङजा जिल्ला, अर्जुनचौपारी गाँउपालिका वडा नं. ६ दरौ गाँउ भई अमरसिंह निवासी गल्फ संघ कास्कीका अध्यक्ष समेत रहनु भएका मेजर गुरुङले लामो लकडाउनको अवस्थामा पनि रंगशाला निर्माणमा जुटिरहेका भन्दै कामदारहरुलाई भोजन स्वरुप अत्यन्तै प्रचलित झोलभात खुलाउएका हुन् ।

कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व नै लकडाउनका अवस्थामा गोर्खाज तथा गल्फरहरुको तर्पmबाट अभियान संचालन गरी विपन्न, असहाय वर्गका साथै गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकालाई सहयोग गर्नुभएका समाजसेवी मेजर गुरुङ तथा धर्मपत्नीका तर्फबाट ६५ जना रंगशालाका कामदारलाई झोलभात खुलाउएका हुन् । पोखरामा अन्र्तराष्ट्रियस्तरको खेलकुद मैदान निर्माणाधीन अवस्थामा लामो लकडाउनको अवस्थामा पनि ४९ दिनदेखि निरन्तर कार्यरत कामदारहरुले पोखराको खेलकुद विकासका लागि सहयोग पुर्याएको भन्दै एक छाक भने पनि आफ्नो तर्फबाट सहयोग गरेको बताए ।

कोरोनाको कहरको अवस्थामा पनि कामदारहरु दैनिक रंगशाला निर्माणमा जुट्नु राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङ भाईको रंगशाला निर्माण गर्ने इच्छाशक्ति र सिर्जनात्मक नेतृत्व भन्दै मेजर गुरुङले प्रसंशाका साथै बधाई ज्ञापन पनि गरे । म खेलाडी, खेलकुद क्षेत्रका विकासका लागि जुट्ने अभियन्ताहरुलाई थोरै भए पनि आफ्नो सहकार्य भएको उनले बताए । समृद्ध पोखरा निर्माणका अभियानहरुमा आगामी दिनमा पनि आफु र आफ्नो समुदायको तर्फबाट सक्दो सहयोग गर्ने उनको भनाई थियो।

अवस्था कठिन रहदा पनि रंगशाला निर्माण अभियानलाई निरन्तरता प्रदान गर्दा कामदारहरुलाई भोजन प्रदान, राहत उपलब्ध गराउने र आफुलाई प्रोत्साहन गर्नुभएको भन्दै सहयोगदाता मेजर दम्पत्तिलाई राखेप बोर्ड सदस्य राजेश गुरुङ धन्यवाद व्यक्त गरे । राम्रो काम, स्वच्छ मनका साथ गरेमा सरकार, सहयोगदाताहरु र कामदार मजदुरको पनि साथ पाएको भन्दै सबै सहयोगीहरुले उनले आभार व्यक्त गरे । लकडाउन भए पनि आज ४९ औं दिनसम्म निरन्तर रंगशालामा काम भइरहेकोछ र परिस्थितीलाई अनुकुलता बनाउदै मुलुकको विकास र खेलकुदको पुर्वाधार विकासका लागि जुटिरहने उनको प्रतिवद्धता थियो।

कमेन्ट गर्नुहोस्
Share: