
काठमाडौँ । कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि शनिबारै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जनामा संक्रमण पुष्टि भएको थियो ।
कमेन्ट गर्नुहोस्

