अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित

Share:

पोखरा । कोभिड– १९ कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जुन थर्ड अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसर पारी आयोजना हुँदै आएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ ।

समितिका अध्यक्ष ललित गुरुङले तेश्रो पटक आयोजना हुने क्रममा रहेकोे अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको एक विज्ञप्ति मार्फÞत जानकारी गराएका छन् ।

‘बिज्ञप्तिमा भनिएको छ– कोरोना भाइरसको महामारीका कारण अन्नपूर्ण आरोहण दिवसको अवसरमा यस समितिद्वारा २०७७ साल जेष्ठ १८ देखि २१ गतेसम्म कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजना गरिन लागिएको बहुप्रतिक्षित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

अहिलेको प्रतिकूल परिस्थितिका कारण यसवर्षको कार्यक्रम स्थगित भए पनि आमागी वर्षमा पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिदैं जाने बताइएको छ ।

‘वि.स. २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधारशिविरमा आएको हिमआँधिले अन्नपूर्ण आधारशिविरका होटलमा भएको गम्भीर क्षति, भ्रमण वर्ष २०२० को पूर्वसन्धामा अन्नपूर्ण पदयात्रामार्ग अन्तर्गत हिन्कु केभको भएको दुःखद घटना र अहिले विश्वव्यापी बनेको कोभिड–१९ को संक्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको बन्दाबदी (ीगअप म्यधल) का कारण यहाँको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ । तसर्थ धाराशायी बन्दै गएको अर्थतन्त्रलाई माथि उकास्न सम्पूर्ण पर्यटन क्षेत्रको पुनरुत्थान हुने गरी विशेष प्याकेज कार्यक्रम सञ्चालनका निम्ति स्थानीय, प्रदेश र संघ सरकारसँग विशेष अनुरोध पनि गर्दछौं ।’ बिज्ञप्तिमा भनिएको छ

यसैगरी समितद्वारा लकडाउनलाई पूर्ण समर्थन र सहयोग गर्दै लकडाउनको पुर्ण पालना गर्न पनि सबैमा अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: