तनहुँमा घरको छतबाट खसेर एकको मृत्यु

Share:

तनहुँ । तनहुँमा आइतबार घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ ।

आइतबार साँझ करिब ५ बजे शुक्लागण्डकी नगरपालिका –२ स्थित राजेन्द्र अधिकारीको फीनिसिङ नभएको खाली घरको छतबाट खसेर सोही ठाउँ बस्ने ३५ वर्षीय शुभराज खनाल घाइते भएका थिए ।

गम्भिर घाइते भएका खनाललाई उपचारका लागि मणिपाल अस्पताल पोखरा ल्याइएकोमा आज उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

घटनका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: