नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । सोमबार राती थप १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

धनुषाका २ जना, खोटाङका र हलेसीका १,१ जना, बाँके नरैनापुरका १२ जना, दैलेख आटविसका १ जना, सुनसरीका १ जना र झापाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनीहरु सबैजाना पुरुष हुन् । उनीहरु सबैको स्वस्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भैसकेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: