रोल्पा अस्पतालको आइसोलेशनमा एक युवकको मृत्यु

Share:

रोल्पा । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको सोमबार मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी मिर्गौलाका बिरामी थिए र काठमाडौँमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो ।

उनको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: