थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२

Share:

काठमाडौँ । नेपालमा थप २७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१७ देखि ४२ बर्ष समुहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् । काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ४०२ पुगेको छ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म २ जनाको मृत्यु भइसकेको छ। नेपालमा संक्रमित मध्ये ३७ जना निको भएर घर फर्किसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: