आज देशभरको मौसम कस्तो रहन्छ ?

Share:

पोखरा । आज देशका धेरैजसो स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुसँगै बंगालको खाडीमा बनेको अम्पुन चक्रवातको अप्रत्यक्ष प्रभाव रहेकाले आंशिकदेखि सामन्य बदली रहने र धेरै ठाउँमा मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात समेत हुने बताइएको छ ।

यस्तै राति पनि देशका धेरै स्थानमा मेघगर्जन र चट्याङग तथा हावाहुरीसहित वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: