गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा जेठ ११ गतेका लागि प्रदेशसभा अधिवेशन आह्वान

Share:

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाको बैठक यही जेठ ११ गतेका लागि आह्वान गरेका छन् ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा नेपालको संविधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख शेरचनका उपस्वकीय सचिव वसन्त भट्टचनले जानकारी दिए ।

प्रदेशसभाको बजेट अधिवेशन दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने भएको छ । सामाजिक दूरी कायम गरी आवश्यक मापदण्ड अपनाएर अधिवेशन सञ्चालन गर्नुपर्ने भएकाले पोखरा सभागृहमा सञ्चालन गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

पोखरा–३, नदीपुरस्थित प्रदेशसभा भवनमा स्थान साँघुरो भएकाले सभागृहमा प्रदेशसभाको अधिवेशन सञ्चालन गर्न लागिएको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: