
काठमाडौँ । नेपालमा थप २५ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना, कपिलवस्तुमा थप १३ जना र नवलपरासी पश्चिम सुस्ताका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू ३ देखि ४८ वर्ष उमेरका रहेको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४५ जना निको भएर घर फर्किसकेका छन् भने मृत्यु हुनेको संख्या दुई छ ।
कमेन्ट गर्नुहोस्
