पोखरामा बजेट पूर्वको अन्तरक्रिया : राहतका अल्प र दीर्घकालीन प्याकेज ल्याउन निजी क्षेत्रको माग

Share:

पोखरा । पोखराका उद्योगी व्यवसायीहरुले कोरोना र लकडाउनले उद्योग/वाणिज्य क्षेत्रमा पारेको असरलाई ध्यानमा राख्दै राहतका कार्यक्रमसहित बजेट ल्याउन गण्डकी प्रदेश सरकारसँग आग्रह गरेका छन् । उनीहरुले अर्थतन्त्रलाई सही दिशामा ल्याउन राहतका अल्प र दीर्घकालीन प्याकेज ल्याउनु पर्नेमा पनि जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, पोखरा उद्योग वाणिज्य संघ तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले व्यवसायलाई बिस्तारै संचालनमा ल्याउनुपर्ने धारणा राखे । आउँदो बजेटबारे निजी क्षेत्रको तर्फबाट सुझाव दिँदै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले कोरोनाले अर्थतन्त्रमा पु¥याएको गम्भीर क्षतिको मूल्याङ्कन गर्दै उद्योग वाणिज्य र पर्यटन क्षेत्रको लागि विशेष राहतको प्याकेजको मागसहित आगामी आर्थिक वर्षको बजेट पूर्वाधार र औद्योगिक व्यावसायिक वातावरण निर्माणमा केन्द्रित होस् भन्ने माग गरे । उनले संघीय सरकारले ल्याएको नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई निराश बनाएको पनि बताए । बुँदागत रुपले दिइएको सुझावमा कर्जाको समयसीमा बढाउनुपर्ने,पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, वासलात ऋणात्मक भए पनि कर्जा प्रवाह गरिनु्पर्ने ,आउँदा दिनहरुमा पूँजी हेरेर हैन कि आम्दानी, योजना तथा नविनत्म् सोचको आधारमा उद्योगी/व्यवसायीहरुलाई कर्जा प्रवाह गरिनुपर्ने, उद्योग/धन्दा खुलाउनुपर्ने, समयको गाम्भीर्यता हेरि नो वर्क नो पेको व्यवस्था गरिनुपर्ने, खेतियोग्य जग्गाको खण्डिकरण रोक्नु पर्ने । भू–उपयोग नीति लागु हुनुपर्ने, कृषिमा अनुदान बढाइनुपर्ने, पर्यटन उद्योग ध्वस्त भएको हुँदा कम्तिमा एकवर्ष सबै प्रकारका करहरु मिनाहा गरिनुनपर्ने ,पर्यटन प्रवद्र्धनको लागि छुट्याइएको बजेट पर्यटन पुर्नउत्थानको क्षेत्रमा खर्च गरिनुनपर्ने माग गरेका थिए ।अध्यक्ष अधिकारीले वैदेशिक रोजगारीबाट फर्केनेहरुको लागि स्वरोजगारका प्याकेज कार्यक्रम ल्याउन पनि माग गरेका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले व्यवसायलाई आधार मानेर ऋण प्रवाह गरिनुपर्नेमा जोड दिए । शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठले लकडाउनका कारण व्यवसायीहरु के गरौँ कसो गरौँको अवस्थामा पुगेको गुनासो गरे । भिमाद उद्योग वाणिज्य संघका अध्यक्ष हस्तबहादुर खड्काले ढुवानी सहज बनाउन माग गरे । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले पर्यटनको लागि विशेष राहतको कार्यक्रमको माग गरे । लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बजेट निजी क्षेत्रलाई उठाउने खालको हुनुपर्ने बताए । लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मी त्रिपाठीले बैंकको ब्याज ५ प्रतिशतमा झानुपर्ने सुझाव दिए । पोखरा उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष माइकला कर्माचार्यले विभिन्न देशहरुले नेपाल सामान पठाउँदा पूरै पैसा भुक्तानी माग्न थालेको बताउँदै यस्तो अवस्था आए आयात पनि ठप्प हुनसक्ने बताए । कार्यक्रममा बोल्दै संघका महासचिव अर्जुन पोखरेलले फजुल खर्च घटाउनेतर्फ बजेट केन्द्रित हुन्ुपर्ने सुझाव दिए । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालको बजेटको माग गरिन् । संघका कार्यसमिति सदस्य ऐनकुमार साईले यातायात क्षेत्र धरासायी भएको बताउँदै गाडी गुडाउने वातावरण बनाउन माग गरे । कार्यक्रममा संघका पूर्वउपाध्यक्ष शिव मल्लले कृषिजन्य उत्पादनमा भ्याट नलगाउने भनिए पनि प्याकेजिङपछि भ्याट लगाइएकोमा आपत्ति जनाए । व्यवसायी लक्ष्मण श्रेष्ठले व्याजमा छुट दिने सरकारको घोषणा कार्यान्वयनमा नआएको गुनासो गरे । संघका पूर्वकार्यसमिति सदस्य हिरामणि पण्डितले विदेशबाट काठ आयात रोक्दै यहाँका पुराना रुखहरु काट्ने व्यवस्थ ा गर्न माग गरे । कार्यसमिति सदस्य केशवबहादुर खत्रीले फेन्सी तथा रेडिमेट अनि कस्मेटिक व्यवसायीहरुलाई परेको मर्काबारे ध्यान दिन आग्रह गरे । मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष रुपनारायण भुजेलले ठूल डिपार्टमेण्टलले मदिरा बिक्री गरिरहेको बताउँदै मदिरा बिक्री खुल्ला गर्न माग गरे । पोखरा स्टिल फ्रेब्रिकेटर्स एसोसियसनका ऋषि गिरीले निर्माण क्षेत्रमा मजदुरको अभाव भएको बताए ।

सुझावहरु सुनिसकेपछि गण्डकी प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना संक्रमण र लकडाउनकै बीचमा पनि आर्थिक गतिविधिहरु सुचारु गर्नुपर्ने बताए । उनले उद्योग÷व्यवसाय सुचारु नगरिए अर्थतन्त्र नै थला पर्ने जिकिर पनि गरेका छन् । ‘अब लकडाउन नै हुँदा पनि हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ, उत्पादनतिर नलाग्ने हो भने कतिदिनसम्म भएको पैसाले थेग्छ ?’ मंगलबार आर्थिक वर्ष २०७७÷०७८ को बजेटपूर्वको अन्तरक्रियामा उनले भने,‘बसेर कति दिन पुग्छ, काम नगरेर कति दिन चल्छ ?’ सुरुसुरुमा लकडाउन रमाइलोजस्तो लागे पनि यसले अर्थतन्त्रलाई ठूलो क्षति पु¥याएको उनको भनाई थियो ।

‘सुरुसुरुमा रमाइलोजस्तो लाग्यो, कति मान्छे गाउँ फर्के, कोही बाल्यकाल सम्झेर फर्के’ उनले भने,‘हिजो काठमाण्डौलाई थुकेर गाउँ गएकाहरु अहिले फेरि फर्कन खोज्दैछनु, काम नगरेर हुँदैन ।’कृषि कर्मले मात्रै अर्थतन्त्र नचल्ने बताउँदै उनले सामाजिक दूरी कायम गर्दै व्यापार/व्यववसाय खोल्नपर्ने पटक–पटक दोहो¥याए । सुरक्षित पनि आफै हुने, खपत पनि गर्ने, व्यवसाय पनि गर्ने पक्षमा आफू रहेको उनको भनाई थियो । उनले निर्माण कार्य खुल्ला गरिएको जानकारी दिँदै कुनै टोल वा स्थानीय निकायहरुले निर्माणलगायतका सामान आयातमा प्रतिबन्ध लगाए कारवाही गरिने चेतावनी दिए । ‘कसैले सामान बोकेका गाडीहरु रोकेमा कारवाही हुन्छ, गाडी रोक्ने स्थानीय निकायहरुको अख्यितारी हैन’, उनले भने,‘ जनप्रतिनिधि भए पनि मेयर भए पनि कारबाही हुन्छ ।’

मन्त्री गुरुङले अब गण्डकी ग्रिन जोन नरहेको र जुनसुकै बेला पनि सयौंको संख्यामा संक्रमित देखिने खतरा भएको पनि बताए । ‘कोरोना समुदायमा प्रवेश गरेकाले एकैदिन सयौं संक्रमण देखिन सक्छ’, उनले भने,‘अब हामीले गण्डकीलाई पनि ग्रिन जोन ठान्नु भएन ।’  मन्त्री गुरुङले संघीय सरकारले ल्याएको नीति तथा कार्यक्रम लकडाउन नै नभएकोजस्तो ठानेर ल्याइएको भन्दै असन्तुष्टी जनाए । ‘ मैले त संघको नीति तथा कार्यक्रमको समर्थन गर्नुपथ्र्यो तर मैले नै विरोध गरेको छु’, उनले भने,‘त्यसमा त राहतको प्याकेजको कुरा पनि छैन, स्वभाविक रुपले राजश्व उठेको र पहिलेकै अवस्था छ भनेजस्तो गरिएको छ ,सायद बजेट त्यस्तो नहोला ।’

कमेन्ट गर्नुहोस्
Share: