गुणस्तरहीन पाउरोटी बेच्दै सिद्धार्थ बेकरी उद्योग

Share:

पोखरा । पोखराको मालेपाटनमा रहेको सिद्धार्थ बेकरी उद्योगले गुणस्तरहीन पाउरोटी बेच्दै आएको खुल्न आएको छ । उद्योगले बजारमा पठाएको हेप्पी पीस पाउरोटीमा अखाद्य बस्तु (मुसाको लेड जस्तो देखीने) फेला परेपछी गुणस्तरहीन पाउरोटी बजारमा बेच्ने गरेपछि खुल्न आएको हो ।

पुतलीबजारमा रहेको एक सपिङ सेन्टरबाट खाजाको रुपमा खान घरमा लैजादा मुसाको लेड जस्तो देखीने अखाद्य बस्तु भेटिएको सुमन अर्यालले बताए । सिद्धार्थ बेकरीले बजारमा गुणस्तरहीन पाउरोटी बेचीरहेकोले कानुन अनुसार कारबाही गर्न अर्यालले माग गरे ।

५ जना संचालक रहेको सिद्धार्थ बेकरी उद्योगमा करिब २० जना कर्मचारीहरु रहेका छन् । बेकरी ४ वर्ष पहिले देखी संचालनमा आएको हो । उद्योगले हाल दैनिक ३०÷४० हजार प्याक पाउरोटी उत्पादन गर्दै आएको छ ।

अनुगमन गरेर आवश्यक कारबाही प्रकृया अगाडी बढाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरु ढकालले जानकारी दिए । सप्रजिअ ढकालले अखाद्य बस्तु उत्पादन तथा ओसारपोर केशमा कारबाही हुन सक्ने बताए ।

उद्योगले पोखरा, तनहुको दमौली र स्याङजाको बयरघारी सम्म पाउरोटी बेच्दै आएको छ । सिद्धार्थ बेकरी उद्योगले कारोनाको लकडाउनका कारण हप्तामा दुई दिन मात्रै आफ्ना उत्पादन बजारीकरण गर्दै आएको छ ।

बजारमा रहेका पाउरोटीमा कुनै समस्या नभएको सिद्धार्थ बेकरी उद्योगका एक संचालक सुरज पौडेलले जानकारी दिए । पाउरोटीमा कसरी अखाद्य बस्तु भेटीय आफै अचम्म परेको पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्
Share: